हमासका सेना प्रमुख दुई साताअघि मारिएको इजरायलको दाबी
इजरायल,साउन १८ । दुई साताअघि गाजापट्टीमा भएको इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मोहम्मद डेइफको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ ।
इजरायली सेनाले बिहीवार जारी गरेको विज्ञप्तिमा हमासका सैन्य प्रमुख डेइफ जुलाई १३ मा भएको हवाई कारबाहीमा मारिएको उल्लेख छ । हमासले भने उनको मृत्युको पुष्टि गर्न बाँकी छ ।
उक्त दिन भएको इजरायली हवाई आक्रमणमा परी ९० जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय इजरायलले हमासका नेतालाई निशाना बनाइरहेको छ । गत बुधवार मात्रै हमासका प्रमुख इस्माइल हनियाको हत्या गरिएको थियो । हमास प्रमुख हनिया हवाई कारबाहीमा मारिएको इजरायली सेनाले पुष्टि गरिसकेको छ । हमासले इजरायलले आफ्ना प्रमुखको हत्या गरेको आरोप लगाएको छ ।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा १ हजार २०० जनाको मृत्यु हुनुका साथै २५१ जनालाई बन्धक बनाइएको इजरायलले जनाएको छ । बीबीसीको सहयोगमा