नेपालमा एक महिनामै भित्रिए ६४ हजार ६ सय पर्यटक



काठमाडौं,साउन १८। नेपालमा सन २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११ दशमलव ९ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो महीनानेपाल आउने पर्यटकको संख्यामा सबैभन्दा बढी सार्क मुलुकका २७ हजार २१२ पर्यटक छन् । त्यस्तै, एसिया भित्रका सार्क बाहेकका मुलुकबाट ११ हजार ९०१ जना, युरोपबाट ९ हजार २८०, ओसिनिया मुलुकबाट २ हजार ३८ जना अमेरिकन मुलका ८ हजार ८ सय ६८ जना र मध्यपूर्वका देशहरूबाट ४ हजार ८५७ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।

यो अवधिमा सार्क राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको संख्या २७ हजार २१२ जना रहेको छ । जसमा भारतीय पर्यटकको संख्या उल्लेखनीय रहेको छ । अवधीमा सबै भन्दा धेरै भारतीय पर्यटक २१ हजार ४९० जना नेपाल आउँदा सार्कराष्ट्रबाट सबैभन्दा थोरै श्रीलंकन पर्यटक ४८४ जना मात्रै नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्