एमाले सचिवालय बैठक : १७ केन्द्रीय सदस्य मनोनीत



काठमाडौ,साउन १७ । नेकपा (एमाले) ले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। 

एमाले महासचिव शंकर पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए । उनका अनुसार सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहेका छन् । 

त्यसैगरी केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल-किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्