अस्पतालबाट डिस्चार्ज हुँदै पाइलट शाक्य



काठमाडौं,साउन १७ । गत साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

शाक्य ९ गतेदेखि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।सुरुमा पाइलट शाक्यको मेरुदण्डको अपरेसन गर्नुपर्ने बताइएको थियो। यद्यपि, अन्य विधि प्रयोग गरेर अपरेसनबिनै उपचार भएको अस्पतालले बताएको छ। 

काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । सो विमान दुर्घटना हुँदा एक नावालक, एक विदेशी नागरिकसहित विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो । दुर्घटनामा बाँच्न सफल भएका पाइलट शाक्यलाई २३ मिनेटपछि अस्पताल पुर्‍याइएको थियो। 

प्रतिक्रिया दिनुहोस्