नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
काठमाडौं,साउन १७ । नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने भएको छ ।
बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो ।
उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ । तर मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।