रहेनन चर्चित सङ्गीतकार गुरुदेव कामत
लहान,साउन १७ । लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै निवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त भएका थिए ।
दुबै मिर्गौलाले काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला पर्नुभएका कामतको डायलाेसिस उपचार लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलाेसिसका लागि लहान ल्याउन तयारी भएको अवस्थामा उहाँले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।
अहिलेसम्म दस लाख खर्च गरेको थप उपचारका लागि प्रदेश र स्थानीय तहले सहयोग गर्ने तयारी थालेको बेला पिताको मृत्यु भएको कान्छो छोरा समीर कामतले सुनाए।
दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामत भारतको इलाहावाद र पश्चिम बङ्गालबाट शास्त्रीय सङ्गीत सिकेका थिए ।