नुवाकोटमा खोला तर्ने क्रममा आमाको हातबाट फुत्किएर बगेका बालकको मृत्यु



नुवाकोट,साउन १६ । नुवाकोटमा खोला तर्ने क्रममा आमाको हातबाट फुत्किएर बगेका बालकको मृत्यु भएको छ ।

जिल्लाको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई बुधबार खोलाले बगाउँदा मृत्यु भएको हो ।

बेलकोटको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर छ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएको थियोे । हातबाट फुत्किएका बालकको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

खोलाको चिप्लो ढुङ्गामा पानीको बहावले लडाएसँगै आमाको हातबाट फुत्किएर बालकलाई खोलाले बगाएको थियोे ।

प्रतिक्रिया दिनुहोस्