यस्ता छन् मन्त्रिपरिषदका पछिल्ला निणर्यहरु



काठमाडौं,साउन १६ । सरकारले मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निणर्य सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङका अनुसार सोमवारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरुको सरुवा गर्ने निणर्य गरेको छ । यसैगरी बागमती, लुम्बिनी र कणर्ालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको छ ।

काठमाडौं । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । यसैगरी मन्त्रिपरिषद बैठकले नेपाली सेनाको कामू प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्