तोलामा १ हजार ८०० रुपैयाँ महँगियो सुन, चाँदीको भाउ पनि बढ्यो



काठमाडौं,साउन १६ । सुनको भाउ फेरि महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ बढेको हो ।

अघिल्लो दिन नेपाली बजारमा १ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज बढेर १ हजार ७८० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्