खिर खाने दिनमा ६५ करोडभन्दा धेरैको दुध खपत



काठमाडौं,साउन १६। मंगलबार एकैदिनमा ६५ करोड १० लाख रुपैयाँ बराबरको करीब ९० लाख लिटर दुध खपत भएको छ । 

नेपाल डेरी एशोसिएशनले दिएको जानकारी अनुसार देशभर खिर खाने दिनको अवसरमा दुधको खपत ह्वात्तै बढेको हो ।

हरेक वर्षको साउन १५ लाई सरकारले खिर खाने दिनको रूपमा मनाउँदै आएको छ । एशोसिएशनले समेत हिजो खिर खाने कार्यक्रमको आयोजना गरेको थियो । 

दुध तथा दुग्ध पदार्थको मौज्दात बढ्दै गएर किसानको बक्यौता भुक्तानीमा समस्या हुँदै गएपछि एशोसिएशनले दुग्ध पदार्थको खपत बढाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्