भ्रमपूर्ण समाचारको विश्वास नगर्न वायुसेवा सञ्चालक संघको अपिल



काठमाडौं,साउन १५। वायुसेवा सञ्चालक संघले भ्रमपूर्ण समाचारहरु प्रति विश्वास नगर्न आग्रह गरेको छ । संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भए गरेका काम कारवाहीहरु तथा घटना/दुर्घटनाको सीमित स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टिकाटिप्पणी गरी संस्थाको कार्यप्रति भ्रम फैलाउने काम भएको भन्दै यस्ता टिकाटिप्पणीको विश्वास नगर्न सम्बन्धित सबैमा अपिल गरेको हो ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक धारणा नआएसम्म भ्रमपूर्ण समाचारहरु प्रति विश्वास नगर्न भनेको छ ।

संघले गत बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना निधन हुनेप्रति समवेदना प्रकट गरेको छ । दुर्घटनामा गम्भिर घाईत भई उपचारत क्याप्टेन मनिष रत्न शाक्यको सिघ्र स्वास्थ्य लाभको कामना समेत संघले गरेको छ।

‘घटना/दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरु व्यक्ति विशेष, कम्पनी लगायत नियमनकारी निकाय कसैले चाहेर पनि हुने होइन र यो कसैको नियन्त्रणमा नहुने हुदाँ दुर्घटनालाई आधार बनाई विभिन्न माध्यमहरुमा सदस्य वायुसेवा कम्पनीहरुको हवाई सुरक्षालाई तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिका प्रति गरेको टिकाटिप्पणीका सम्बन्धमा यस संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघले विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्