बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त
काठमाडौ,साउन १५ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री लामाले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराए । विश्वासको मतका लागि भएको मतदानमा तीन जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।
मुख्यमन्त्रीले राखेको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको थियो ।