सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा संलग्न १८ जना फरार, सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन



काठमाडौं,साउन १५ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेका १८ जनालाई सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । 

समितिको सोमवार बसेको बैठकले उक्त निर्णय गरेको नेकपा (एमाले)का सांसद सूर्य थापाले आफ्नो फेसबुक पोष्टमार्फत जानकारी दिएका छन् । 

‘बैठकमा सहकारी क्षेत्रको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानबिन समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचीका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन मा. गृहमन्त्री र नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरिएको छ,’ निर्णयलाई उध्दृत गर्दै थापाले फेसबुकमा लेखेका छन् । 

फरारको सूचीमा पोखराको सूर्यदर्शन सहकारीका जीबी राईसहित छन् ।

यी हुन् फरार १८ जना 

१. जीबी राई – सूर्य दर्शन सहकारी, पोखरा

२. भरत महर्जन – सुमेरू सहकारी, ललितपुर 

३. राजमाया महर्जन – सुमेरू सहकारी, काठमाडौं 

४. सचिन महर्जन – सुमेरू सहकारी, काठमाडौं 

५. सरला महर्जन – सुमेरू सहकारी, ललितपुर 

६. ज्ञानबहादुर बम्जन – सूर्यदर्शन सहकारी, पोखरा

७. भुपेन्द्र राई – सूर्यदर्शन सहकारी, पोखरा

८. तेजबहादुर बम्जन – शिव शिखर सहकारी

९. देवकुमार नेपाली – इमेज बचत, पोखरा

१०. छेदा नेपाली – इमेज बचत सहकारी, बागलुङ 

११. तस्बिरन खातुन – सानोपाइला सहकारी, वीरगञ्ज

१२. असरफ अलि – सानो पाइला सहकारी, वीरगञ्ज

१३. सुवास केसी – सहारा सहकारी, चितवन

१४. दीपक पौडेल – इमेज सहकारी, बागलुङ 

१५. लीलानाथ गौतम – शिव शिखर सहकारी, भक्तपुर 

१६. महाशंकर रेग्मी – मेघा ड्रिम सहकारी, काठमाडौं 

१७. थानबहादुर बुढामगर – सूर्यदर्शन सहकारी, पोखरा

१८. प्रेमध्वज लामा – कान्तिपुर कोअपरेटिभ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्