नुवाकोट चौघडाको पक्की पुल झन भत्कियो



नुवाकोट,साउन १४ । लगातारको वर्षापछि आएको बाढीले लिखु गाउँपालिका वडा नं ४ चौघडास्थित गड्खार पुल झन भत्किएको छ ।

गएराति परेको वर्षाका कारण लिखु खोला माथि बनेको पक्की पुलमा थप ठुलो खाडल पारेको हो । जसको कारण गड्खार पुलदेखि आप्रह सडकखण्ड अबरुद्ध भएको छ ।

यसअघि तिन दिन अघि वर्षाका कारण पुलमा खाडल परेको थियो तर सामान्य मर्मत पछि सडक पुनः सुचारु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्