श्रम स्वीकृति लिएका व्यक्तिलाई बिनाधितो ऋण !
काठमाडौं,साउन १२ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बिना धितो ऋण उपलब्ध गराइने भएको छ ।
त्यस्ता व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा ऋण दिने भनी चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको व्यवस्था मौद्रिक नीतिमार्फत कार्यान्वयन गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीतिमा श्रम स्वीकृति लिएका व्यक्तिलाई विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख छ ।