कृषि उपजको धितोमा समेत सहजरूपमा कर्जा पाइने !



काठमाडौं,साउन १२ । कृषि उपजको धितोमा समेत सहजरूपमा कर्जा पाइने भएको छ ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको उक्त व्यवस्था मौद्रिक नीतिमार्फत कार्यान्वयन गर्न लागिएको हो । 

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीति भनिएको छ, ‘नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत 
सहजरूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्