आइतबार काठमाडौं उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा



काठमाडौं, श्रावण ११ ।  कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ ।

काठमाडौं उपत्यका मेयर्स फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरका  मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकाहरुमा सार्वजनिक शोक विदा दिने निर्णय गरेको  हो।

प्रतिक्रिया दिनुहोस्