प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा कार्की चयन



दोहा कतार,साउन ११ । प्रवासी नेपाली मञ्च कतारको सातौँ अधिवेशनले अध्यक्षमा चूडामणि कार्की चयन भएका छन् । शुक्रवार सकिएको अधिवेशनले कार्कीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

गत शुक्रवार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको अधिवेशनले लामो छलफलपछि नेतृत्व चयन गरेको हो । मञ्चको उपाध्यक्षहरूमा दिनेश तामाङ, अफ्सर अलि खान, टिका कार्की र भीम तरामु मगरलाई चयन गरेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको उपसचिव चानक पोखरेलले जनाकारी दिए । निर्वाचित कार्यसमिति सदस्यहरूको शपथग्रहण शुक्रवार भएको हो । मञ्चको सचिवमा शेषराज तिमिल्सीना चयन भएका छन् भने उपसचिवहरूमा खेमराज सुवेदी, मेनुका खतिवडा भण्डारी, शोभाकर भुसाल र जमिर नदाफ चयन भएका छन् । 

त्यस्तै सदस्यहरूमा श्रीधर आचार्य, शिव भुजेल, नवराज शाही, रमेश जैसी पौडेल, गोपाल बस्नेत, गोपाल खतिवडा, हेमराज रिमाल (दीपक), निरन नेपाल, किरण परियार, टङ्क विक, कमलेश महतो, मो. असलम साफी, रविन खत्री, सुदर्शन भण्डारी, रेसम तामाङ, श्याम पाण्डे, टेक बहादुर नेपाली, भेष बहादुर गुरुङ, भीम विश्वकर्मा, उषा रिमाल नेपाल र कृष्ण कुमार बस्नेत चयन भएका हुन् ।

शपथ कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले नयाँ कार्यसमितिलाई अबिर र खादा लगाएर बधाई दिए ।  नेतृत्व चयनको लागी ३ सय २१ जना प्रतिनिधि सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्