घट्न थाल्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,साउन ११ । सुनको मूल्यमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

अघिल्ला दिन अर्थात् बिहीबार १ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आजका लागि भने छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको भाउ भने १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन १ लाख ४४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ७३० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन भने १ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्