नुवाकोटको चौघडामा रहेको गड्खार पुलमा भ्वाङ पर्यो



नुवाकोट,साउन ११ । जिल्लाको लिखु गाउँपालिकामा रहेको एउटा पक्की पुलमा भ्वाङ परेको छ । गएराति परेको अविरल वर्षासँगै आएको बाढीले चौघडास्थित गडखारमा रहेको पक्की पुलमा भ्वाङ परेको हो ।

पुलमा ठुलो प्वाल परेपछि वैकल्पिक मार्ग प्रयोग गर्नका लागि स्थानीय प्रहरीले अनुरोध गरिएको छ । पुलमा प्वाल पर्दा सवारीसाधान आवतजावत बन्द भएको छ । यो पुल २०६९ मा निर्माण शुरु भइ २०७१ सालमा निर्माण सम्पन्न भएको थियोे ।

पुलमा भ्वाङ परेपछि जिल्लाको लिखु, तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका नागरिक काठमाडौसम्म आवतजावत गर्न समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्