सभापति यादव र पूर्वपर्यटनमन्त्री किरातीबीच चर्काचर्की



काठमाडौं,साउन ११ । हवाई सुरक्षालगायत विषयमा छलफल गर्न बोलाइएको संघीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सभापति राजकिशोर यादव र पूर्वपर्यटनमन्त्री सुदन किरातीबीच विवाद भएको छ ।

बैठकमा पूर्वपर्यटनमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद किरातीले बोलिरहँदा सभापति यादवले रोकेपछि दुवैबीच भनाभन भएको हो ।  

बैठकमा सांसद किरातीले १२ मिनेटभन्दा बढी समय बोलेर एमसीसीबारे कुरा गर्न थालेपछि सभापति यादवले रोकेका थिए । सभापति यादवले सांसद किरातीलाई प्राविधिक कुरा गर्न आग्रह गरेका थिए । त्यसपछि किरातीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्