१२ वर्षमा ९ ओटा जहाज दुर्घटना, २०५ जनाको मृत्यु



काठमाडौं,साउन ११ । पछिल्लो १२ वर्षमा देशभर ९ ओटा जहाज दुर्घटना भएका छन् । २०६९ असोजयता सीता एयर, नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स, गोमा एयर, युएयस–बंगला, समिट एयर, तारा एयर, यती एयरलाइन्स र सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका हुन् । 

उक्त अवधिमा विमान दुर्घटनामा परी २०५ जनाले ज्यान गुमाएका छन् । तीमध्ये २०७९ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै छ । उक्त दुर्घटनामा चालक दलसहित ७२ जनाको निधन भएको थियो । 

यो अवधिमा भएको टर्किस एयरलाइन्सको दुर्घटनाबाहेक अन्य सबैमा यात्रुको ज्यान गएको थियो । 

प्रतिक्रिया दिनुहोस्