मुख्यसचिवमा गड्तौला र राष्ट्रिय योजना आयोगमा अधिकारी नियुक्त



काठमाडौं,साउन ११ । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ । 

पूर्व  मुख्यसचिव डा. वैकुण्ठ अर्याल माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित भएका थिए ।

अर्याल हाल राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पदमा छन्  । 

प्रतिक्रिया दिनुहोस्