प्रवासी नेपाली मञ्चको अधिवेशन सकियो, शुक्रबार शपथ  



दोहा(कतार) साउन १० । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च  कतारको अधिवेशन सर्वसम्मतिले नेतृत्व चयन गर्दै सकिएको छ । 

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुक्रवार डल्लाह ड्राइभिङ सेन्टर दोहामा उद्घाटन गरेको अधिवेशनले लामो छलफलपछि नेतृत्व टुङ्ग्याएको प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले बताए । 

शुक्रवार दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शपथग्रहण भोली शुक्रबारनै हुने पोखरेलले बताए । नयाँ निर्वाचित कार्यसमितिको नाममा करिब करिब टुङ्गो लागे पनि शपथकै समयमा नामावली सार्वजनिक गरिने पोखरेलले बताए । 

एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले निर्वाचित नयाँ कार्यसमितिलाई बधाईसहित लालीगुराँस रेस्टुरेन्ट दोहामा संशोधन गर्ने बताइएको छ ।

नयाँ कार्यसमितिलाई अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले शपथ ग्रहण गराउने तयारी भएको छ । 

अधिवेशन उद्घाटन कार्यक्रम संयोजक अफ्सर खानको सभापति भएको थियो । प्रवासी नेपाली मञ्च कतारको नेतृत्व चयनको लागी ३ सय २१ जना प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्