पाइलट शाक्यको स्वास्थ्य अवस्था के छ?



काठमाडौं, साउन १० । काठमाडौं मेडिकल कलेज (केएमसी) ले सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको बताएको छ ।

बिहीबार केएमसीले विज्ञप्तिमार्फत पाइलट शाक्यको स्वास्थ्य अवस्थाको जानकारी गराएको हो । पाइलट शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरु रहेको बताइएको छ ।

त्यस्तै, ढाडको एउटा हड्डी र देब्रे पट्टीको ३ वटा करङ्गहरु भाँचिएको बताइएको छ । केएमसीले अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्