नुवाकोट शिक्षा समन्वयले तोक्यो एसइई पुरक परीक्षाको केन्द्र (पुर्ण विवरणसहित )



नुवाकोट,साउन १० । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि यस जिल्लाका विभिन्न पाँच विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुमार बस्नेतले जानकारी दिए ।

ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका त्रिभुवन उच्च माध्यमिक विद्यालय, भैरुम माध्यमिक विद्यालय,पृथ्वी माध्यमिक विद्यालय,च्वाडी माध्यमिक विद्यालय र सुन्दरा माध्यमिक विद्यालय परीक्षा केन्द्र तोकिएको हो ।

यसअघि प्रकाशित एसइई २०८० को नतिजामा जिल्लाका ७ वटा विद्यालयको नतिजा शून्य आएको थियो ।

प्रतिक्रिया दिनुहोस्