ह्वात्तै घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति सस्तियो ?



काठमाडौं,साउन १० । सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबार छापावाला सुनको तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात् बुधवार १ लाख ४७ हजार ४०० रुपैयाँमा किनबचे भएको थियो । तर, आज घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको भाउ पनि ह्वात्तै घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ७५० रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ८०५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्