बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय



काठमाडौं,साउन ९ । सरकारले भोलि अर्थात् साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

बुधार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो ।

आज बिहान ११ बजे काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । तर, पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्