सौर्य एयरलाइन्सको विमान दुर्घटनाः जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन, ४५ दिनको म्याद



काठमाडौं,साउन ९ । बुधवार भएको सौय एयरलाइन्सको विमान दुर्घटनाबारे छानविन गर्नका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । यस्तै, प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

आज बिहान ११ बजे काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिष् विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । तर, पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्