खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक उडान अनिश्चित
काठमाडौं,साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल खुलेको छ । सौर्य एयरको जहाज दुर्घटनापछि बन्द रहेको विमानस्थल खुलेको हो ।
थाइल्यान्डको बैंककबाट आएको थाइ एयरको जहाज बिमानस्थलमा ल्यान्ड भएको भने हिमालयन एयरको जहाज पनि ल्यान्ड हुने क्रममा छ ।
यता आन्तरिकतर्फको उडानको भने टुंगो लागि सकेको छैन ।