आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं,साउन ८ । मंगलबार सुनको भाउ स्थिर छ । आज छापावाला सुनको भाउ १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ४५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि स्थिर छ । सोमबार १ हजार ७९० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्