१ वर्षमा १४ खर्बभन्दा बढी व्यापार घाटा, पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी



काठमाडौं,साउन ८ । भन्सार विभागले आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकअनुसार नेपालले एक वर्षमा १४ खर्बभन्दा बढी व्यापार घाटा व्यहोरेको छ ।  

सार्वजनिक तथ्यांकअनुसार गत एक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड बढीको वस्तु तथा सेवाको आयात गरेको छ । सोही अवधिमा नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड बरावरको वस्तु तथा सेवाको निर्यात गरेको छ । 

नेपालले गत वर्ष सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेको छ । यस वर्ष ३ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै नेपालले यस वर्ष सबैभन्दा धेरै १० अर्ब ५७ करोडभन्दा बढी मूल्यको कार्पेटजन्य वस्तुको निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्