बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ



ढाका,साउन ७ । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ ।

प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताउनुभयो । पक्राउ परेकामध्ये केही बङ्गलादेश नेशनल पार्टी (बीएनपी) नेताहरू रहेको उनले जनाउनुभएका छन् ।

पक्राउ पर्नेमा बिएनपीका नेता अमिर खुसरो, महमुद चौधरी र प्रवक्ता रुहुल कबिर रिजवी अहमदसहित पूर्व राष्ट्रिय फुटबल कप्तान तथा नेता अमिनुल हकलाई पनि पक्राउ गरिएको उनले बताएका छन्  ।

इस्लामवादी पार्टी जमात–ए–इस्लामिकी महासचिव मिया गुलाम परवरलाई पनि पक्राउ गरिएको हुसेनले जानकारी दिए ।

उनले राजधानीमा अशान्तिका क्रममा कम्तीमा तीन जना प्रहरीले ज्यान गुमाएको बताउँदै करिब एक हजार घाइते भएको र घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्