आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं,साउन ७ । सोमबार सुनको मूल्य सामान्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ मात्र बढेको हो ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार १ लाख ४६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ भने १ लाख ४५ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन १ लाख ४५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर १ हजार ७९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने १ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्