कुलमानसँग किन आक्रोशित बने प्रधानमन्त्री ओली



काठमाडौं,साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन महशुल विवादमा छानविन गर्नुपर्ने बताए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि आक्रोश व्यक्त गर्दै यस्तो जानकारी गराएका हुन् । डेडिकेटेड र ट्रंक लाइन प्राधिकरण र उद्योगी व्यवसायीहरुको बीचमा ठुलो मतान्तर देखिएको भन्दै छानविन गर्नुपर्ने बताएका हुन् ।

‘डेडिकेटेड र ट्रंक लाइन महसुलमा प्राधिकरण र उद्यमी व्यवसायीहरुबीचमा ठुलो मतान्तरण देखियो । त्यसकारण पनि अब यो विवादमा छानविन गरेर समाधान गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने । गत शुक्रबार प्रधानमन्त्रीले ओलीले उद्योगी, नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङ, उर्जामन्त्री र सरोकारवाला निकायसँगको संयुक्त छलफल गरेका थिए । छलफल मार्फत तत्तकाल उद्योगहरुमा लाइन जोड्न ओलीले प्राधिकरणलाई निर्देशन दिएका थिए । छलफलमा उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीले प्राधिकरणले बिना प्रमाण उद्योगीहरुको लाइन काट्न नहुने बताए । उद्योगहरुको बिजुली काट्दा मजदुरहरुको बर्वादी, र उत्पादनहरु रोकिने भन्दै तत्काल जडान गर्न दिएको दावी गरे । ‘विवाद त प्रमाणका आधारमा बसेर सल्टाउन पर्छ कि, उद्योग बन्द गराईदिने ? मैले के आदेश दिएको हुँ भने उद्योग बन्द गराएर, मजदुरहरुको बर्वादी, उद्योगहरु चलेन भने उत्पादन भएन मेसिनहरु त्यत्तिकै रोकिए’, प्रधानमन्त्रीले भने, ‘सप्लाईपनि रोकियो, बाहिर पठाउने सामान रोकियो । हामीले नपठाएपछि भोलि बायर पाउँदैनौं । हामीले समान नपठाए अर्कैबाट खरिद गर्छन, जुन उद्योगलाई विद्युत दिइराखिएको छ दिनुपर्छ ।’

प्राधिकरण उद्योगहरुको विवाद विगत ९ वर्षदेखि नै चलिरहेको उनको भनाई थियो । ‘९ वर्षदेखि विद्युत पटक–पटक बिजुली दिने, बन्द गर्ने, खोल्ने क्रम चलिरह्यो । उद्योगीहरुले तिर्दिन भनेका छैनन् । उनीहरुले हामीले जति प्रयोग गरेका हौं, त्यसको मात्रै तिछौं भनेका हुन् । उद्योगीहरुले कुन प्रयोग गरेको हो, त्यसको बिल दिनुपर्छ नि यति मात्रामा प्रयोग गरेको भन्ने प्रमाण’, प्रधानमन्त्रीले भने ।

छलफलमा उद्योगहरुले प्राधिकरण भनेको विद्युत उपयोग नगरेको दावी गरेको ओलीले बताए । उद्योगीको प्रश्नमा प्राधिकरणका निर्देशक घिसिङको जवाफ नै नआएको बताए । ‘उद्योगीहरुले विद्युत प्रयोगको प्रमाण मागिरहेका छन् । तर, डेडिकेटेड र ट्रंक लाइन उपयोग गर्दा भएको सम्झौता यस्तो हो भन्ने प्राधिकरणका एमडीसँग जवाफ नै छैन’, प्रधानमन्त्री ओलीले भने,‘ट्रंक र डेडिकेटेड लाइन तार, जोड्ने होइन, बिजलुी सप्लाइ गर्ने कुरा हो । सम्झौता २४ घण्टा बिजुली सप्लाई गर्ने भनेको छ , लोडसेडिङ्ग लगाइद्याछ। केही घण्टा बिजुली पाएको छ। केहीघण्टा पाको छैन, विवाद छ ।’

प्राधिकरणले गलत हिसाव पठाएर उद्योगहरु बन्द गराएको बताए । गत शुक्रबारको छलफलमा घिसिङ्गे डेडिकेटेड र ट्रंक लाइनको महसुल आम्दानीमा जोडेर महालेखा र संसदको समितिमा पठाएको भन्दै अब त्यसमा कुनै फेरबदल गर्न नमिल्ने बताएका थिए । तर, यस्तो गलत हिसाबको महसुल असुल गर्न नमिल्ने ओलीले बताए । ‘गलत हिसाब पठाएर फेरबदल गर्न मिल्दैन भन्दै तिर्न नपर्ने विद्युत महशुल असुल गर्न त सकिँदैन होला’, उद्यमी व्यवसायीहरुको त्यो छ भनाई ओलीले भने,‘प्राधिकरण एमडीका अगाडी उर्जा मन्त्रीका अगाडी उद्यमी व्यवसायीहरुले भनेका कुरा हो ।’

बिना प्रमाण बलजफ्ती उद्योगहरुको लाइन काटन् नहुने ओलीको भनाई छ । उनले मनलागे जति महसुल असुल गर्न नपाईने बताए । ‘उद्योग बन्द गरेर पैैसा आउँदैन, उनीहरुले तिर्छन त पैसा ? कहाँबाट ल्याएर तिर्छन् ?’ प्रधानमन्त्री ओलीले भने,‘उद्योग चल्न दिँउ, प्रमाणका आधारमा असुल गर्नुपर्ने रकम असुल गरौं । मन लागेजति असुल गर्न गर्नर्दैन । कानुनीराज हो, बलजफ्ती गर्न पाइदैन ।’, उनले थपे,‘विवाद भनेको विवादका विचमा समाधान गर्ने हो । यहाँ विद्युत खेर गइरहेको छ । ट्रवाइन बन्द गर्नुपरेको छ । पावर हाउसहरु बन्द गर्नुपरेको छ । थोरे इन्डियामा जान्छ । बंगलादेश जाने भनेको गएको छैन । अहिले वर्खाको समय छ । अहिले सबै विद्युत गृहहरु चालु छन् । उत्पादन प्रसस्त छ, विद्युत खेर गइरहेको छ । उत्पादनको लाइन काटेको छ । त्यो उल्टो तरिका हो । यस्ता इष्यूलाई धेरै बोकेर कुद्नु वाञ्छनीय हुँदैन ।’उनले तथ्य र प्रमाणको आधारमा मात्रै समस्याको छिनोफानो हुनुपर्ने बताए । उनले भने, ‘पैसा असुल गर्नुपर्छ, तर उद्योग बन्द गर्न पाइदैन । आजको विवाद होइन ९ वर्षअघिको विवाद हो । विवादका बिचमा उद्योग बन्द गराएर राम्रो भएन । संवादका माध्यमबाट सुल्झाउनुपर्छ ।’

उनले तथ्य र प्रमाणको आधारमा मात्रै समस्याको छिनोफानो हुनुपर्ने बताए । उनले भने, ‘पैसा असुल गर्नुपर्छ, तर उद्योग बन्द गर्न पाइदैन । आजको विवाद होइन ९ वर्षअघिको विवाद हो । विवादका बिचमा उद्योग बन्द गराएर राम्रो भएन । संवादका माध्यमबाट सुल्झाउनुपर्छ ।’

प्रधानमन्त्री उद्यमीहरुले प्रयोग गरेको विद्युत पैसा नउठाउ भन्यो भन्दै अफवाह नफैलाउन आग्रह गरे । प्रधानमन्त्री उद्यमीहरुले प्रयोग गरेको विद्युत पैसा नउठाउन भन्ये भन्ने अपवाह फैलाउने कोसिस नगरे हुन्छ । त्यो भन्या छैन, प्रयोग गरेको उद्यमीहरुले तिर्नुपर्छ, उहाँहरुसँग असुल गर्नुपर्छ । प्रयोग नगरेको प्रयोग नगरेको लाइनको जिद्दी गरे असुल गर्न पाइदैन।’

प्रतिक्रिया दिनुहोस्