स्नातक पढ्ने विद्यार्थी अव चौँथो वर्षमा पुगेर अड्किन नपर्ने, त्रिविले ल्यायो यस्तो योजना



काठमाडौँ,साउन ६ । त्रिभुवन विश्वविद्यालयमा स्नातक अध्ययनरत विद्यार्थीले अब चौँथो वर्षको ‘खराब नतिजा’का कारण करियर अड्काउनु नपर्ने भएको छ । विश्वविद्यालयले अव स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्न लागेको छ ।

पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा पूर्ण रुपमा उत्तीर्ण गरिसकेका, तर चौँथो वर्षमा एक वा दुई विषयमा अंक नपुगेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्कालै मौका परीक्षामा भाग लिन पाउने भएका हुन् ।

यस्तो व्यवस्था गर्ने निर्णय भइसकेको विश्वविद्यालयले जनाएको छ । यसअघि चाँैथो वर्षको परीक्षामा अड्किएर पनि विद्यार्थीहरुले स्नातकोत्तरको पढइ सुरु गर्न वा स्नातकलाई नै योग्यताको मानक बनाइएका रोजगारीका अवसरहरु हालिस गर्न समस्या पर्दै आएको थियो । विश्व विद्यालयले विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ ।

विश्व विद्यालयले त्यस्ता विद्यार्थीका लागि चौँथो वर्षको नतिजा आएको एक महिनाभित्रै मौका अथवा पूरक परीक्षा सञ्चालन गर्नेछ भनेको छ ।

अहिलेसम्म सेमेष्टर प्रणालीमा मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्