प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ सांसदको समर्थन



काठमाडौं,साउन ६ । प्रधानमन्त्री केपी शर्माले ओलीले विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्रीले ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्ताव राखेका थिए । सो प्रस्तावको पक्षमा १८८ जनाले मत दिएका छन् । ७४ जनाले विपक्षमा मत दिएका छन् भने दिन्न भन्नेमा १ मत परेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार गत असार ३० गते प्रधानमन्त्रीमा ओली नियुक्त भएका थिए।

विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा १३८ मत पाउन आवश्यकता पर्ने थियो । तर, प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधि सभामा २७५ सदस्य छन् । आइतबार भने २६३ जना संसद उपस्थि थिए ।

ओलीसँग कांग्रेसको ८८, एमालेको ७९, जसपाको ७, लोसपाको ४ सहित दुई तिहाई बहुमत पाएका हुन् । यस्तै, जनमत पार्टी, नागरिक उन्मुक्ति लगायतका दल र स्वतन्त्र सांसदले पनि ओलीलाई विश्वासको मत दिएका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उनको विपक्षमा मत दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्