बहादुरसिंह लामाको नेतृत्वमा बागमती प्रदेश सरकारमा जाने कांग्रेसको निर्णय



काडमाडौं । बागमती प्रदेशको मुख्य मन्त्रीमा बहादुर सिंह लामालाई बनाउने तयारी भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा लामालाई बनाउने निर्णय गरेको हो ।

लामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन् । आइतबार बिहान हेटौंडामा बसेको बैठकले मुख्यमन्त्रीमा लामालाई पठाउने सर्वसम्मत निर्णय गरेको हो ।

बागमतीमा कांग्रेसका ३७ सांसद् छन् । आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री जम्कट्टेलले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा मतदान गर्ने समेत कांग्रेस बैठकले निर्णय गरेको छ । एमालेले पनि मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्