घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?



काठमाडौं,साउन ६ । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ। आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ४७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ४६ हजार २०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख ४५ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ८१० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन भने १ हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्