आइतबार बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुहुने



काठमाडौ,साउन ५ । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कार्यसूची तय भएको छ।

बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार प्रदेश सभा सचिवालयमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत दिने प्रयोजनका लागि समय व्यवस्थापनसँगै कार्यसूची बनाएको हो।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरुले बोल्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।

उनका अनुसार प्रमुख विपक्षी दलका नेताका लागि समय सीमामा निर्धारण गरिएको छैन भने अन्य दलका नेतालाई १०-१० मिनेट बोल्न दिने गरी तय गरिएको छ। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्