प्रवासमा संगठन निर्माण चुनौतिपुर्ण : बरिष्ठ उपाध्यक्ष पोखरेल
दोहा कतार,साउन ४ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रवासी नेपाली मञ्च कतारलाई संबोधन गरेका छन् ।
सातौँ अधिवेसनको पुर्वसंध्यामा सम्पन्न बैठकलाई संबोधन गर्दै पोखरेलले एमालेको संगठन विश्वको ३७ ओटा देशमा फैलिएको बताए । यो देशभित्रको कमिटीजस्तो सहज नरहेको पोखरेलले बताए ।
उपाध्यक्ष पोखरेलले प्रवासमा संगठन निर्माण चुनौतिपुर्ण रहेको बताए । संगठन निर्माण गर्दा बैधानिक संबन्धित देशको कानुनभित्र रहेर पार्टी काम र एमालेसँग आवद्ध भएर काम गर्न चुनौतीपुर्ण रहेको बताए बताए ।
प्रवासी नेपाली मञ्च कम्युनिटीवेस संगठन हो । पोखरेलले भने ’हाम्रो पार्टीमा निती र नेतृत्वमा विवाद छैन ।’ नेतृत्वमा छलफल गर्नुहोस् पार्टी निर्माणमा जोड दिनुस ।’ प्रतिकुल देशमा बसेर संगठन निर्माण गर्दा सर्वसम्मतीमा गर्न आग्रह गरे । उनले नेताहरू रेफ्रीको भुमिकामा रहनुपर्नेमा आफै गोल हान्न खोज्दा समस्या हुने बताए ।
नेकपा एमाले देशमा राजनितीक स्थायित्व नभएकाले स्थायित्व कायम गर्न मिसन ८४ को निती अघि सारिएको पोखरेलले बताए । त्यसको लागी १५ हजार प्रवास कमिटी सदस्य बनाउन जरूरी रहेको बताए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, एमाले कोषी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मञ्चका मध्यपुर्व संयोजक प्रकाश कोइरालालगायतले संबोधन गरेका थिए । प्रवास मञ्चको अधिवेशन दुई दुई वर्षमा हुने गरेको छ ।