प्रतितोला २ हजार रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको पनि सस्तियो



काठमाडौं,साउन ४ । साताको अन्तिम कारोबार दिन सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको हो ।

बिहीबार १ लाख ४९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ४६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर १ हजार ८३० रुपैयाँ कायम भएको छ । बिहीबार पनि १ हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्