प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नुवाकोटका रिमाल नियुक्त



काठमाडौं,असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

ओली यसअघि प्रधानमन्त्री हुँदा पनि रिमाल राजनीतिक सल्लाहकार थिए । रिमाल नुवाकोटका एमाले नेता हुन। मजदूर आन्दोलनसँगै पार्टी नेतृत्वमा स्थापित रिमाल नेपाल ट्रेड युनियन महासंघ जिफन्टको पूर्व अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्