घट्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,साउन ३ । सुनको भाउ कीर्तिमानी उचाईबाट तल झरेको छ । बिहीबार छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

साताको चौंथो कारोबार दिन नेपाली बजारमा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भई कीर्तिमानी रेकर्ड बनाएको थियो । तर, आज भने घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको छ।

यस्तै, आज तेजावी सुनको मूल्य भने १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्