साउन महिनामा मेहेन्दीको चर्चा



काठमाडौं,साउन ३ । काठमाडौंको न्यूरोडका पसलहरू, बाटोका छेउहरू लगायत व्युटी पार्लरहरू अहिले मेहेन्दी लगाउने महिलाहरूले भरिन थालेका छन  । साउन महिनामा हरियो चुराहरू तथा मेहेन्दी लगाउने प्रचलन छ ।

न्यूरोडमा बर्षौ देखि काठमाडौं मेहेन्दी आर्टमा चलाइरहेका सुरज शाह तथा उनका सहयोगीहरू साउनको शुरुवात देखिनै व्यस्त देखिन थालेका छन । महिलाहरू उनको सोसल साइटहरू हेरेर तथा मेहेन्दीको विभिन्न डिजाइनको फोटो, भिडियो देखाएर त्यस्तै कलात्मक बुट्टा बनाइदिन भन्ने गरेको उनिहरूको भनाइ छ । 

मेहेन्दीले राम्रै कमाइ हुनेमा विश्वस्त रहेका उनिहरूले मेहेन्दी लगाएको कम्तीमा रु १५० लिने गरेका छन । कोही महिलाहरूले आफै लगाउन चाहेमा मेहेन्दीको कोन रु २५ देखि १०० रूपैयाँससम्म बजारमा खरिद गर्न पाइन्छ  ।

मेहेन्दी लगाउनेको संख्या नेपालमा फेशन जस्तै भएको छ। धर्मिक मान्यताबाहेक अहिले मेहेन्दी कलाको रुपमा पनि विकसित भएको छ। यसलाई कयौं मानिसले रोजगारीको माध्यम समेत बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्