बंगलादेशमा बिजुली बेच्न साउन १३ मा त्रिपक्षीय सम्झौता हुने



काठमाडौं,साउन ३ । नेपालको ४०  मेगावाट विजुली बंगलादेश निर्यात गर्न साउन १३ मा त्रिपक्षीय सम्झौता हुने उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनाएको छ ।

उक्त सम्झौतामा हस्ताक्षर भएपछि नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो देशमा बिजुली निर्यात गर्ने बाटो खुल्नेछ । सन् २०२१ देखि नेपालले भारतमा प्रतिस्पर्धात्मक विधिवाट बिजुली निर्यात गर्दै आएको छ ।‘नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच साउन १३ (जुलाई २८) मा त्रिपक्षीय सम्झौता हुने तय भएको छ,’ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले आर्थिक अभियानलाई बताए ।

‘नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच साउन १३ (जुलाई २८) मा त्रिपक्षीय सम्झौता हुने तय भएको छ,’ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले आर्थिक अभियानलाई बताए ।‘यो ऐतिहासिक क्षण भएकोले उर्जा मन्त्री दिपक खड्काले भारतीय र बंगलादेशी उर्जा मन्त्रीलाई सम्झौताको हस्ताक्षर कार्यक्रमका सहभागी हुन पनि बुधवार नै चिठी लेख्नु भएको छ ।’

‘यो ऐतिहासिक क्षण भएकोले उर्जा मन्त्री दिपक खड्काले भारतीय र बंगलादेशी उर्जा मन्त्रीलाई सम्झौताको हस्ताक्षर कार्यक्रमका सहभागी हुन पनि बुधवार नै चिठी लेख्नु भएको छ ।’ प्राधिकरणले केही महिना अघि देखि नेपालवाट बिजुली निर्यात सम्वन्धमा बंगलादेश सरकारको निर्णय पर्खिरहेको थियो । 

गत हप्ता बंगलादेश पावर डेभलपमेन्ट बोर्डले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरीद–विक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको थियो । त्यसपछि त्रिपक्षीय संयोजनको आधारमा त्रिपक्षीय हस्ताक्षरको मिति टुङ्गो लागेको मन्त्रालयले जनाएको छ । 

प्राधिकरणका अनुसार प्राधिकरणले वर्षायामको ६ महीना (हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म) ५ वर्ष ४० मेगावाट बिजुली अमेरिकी डलरमा भुक्तानी हुने गरी बंगलादेशलाई विक्री गर्नेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् विक्री गरी प्रतियुनिट ६ दशमलव ४ अमेरिकी सेन्ट पाउनेछ । 

मन्त्रालयका अनुसार प्रति महिना २८ हजार ८०० मेगावाट आवर बिजुली प्रति महिना बंगलादेश निर्यात हुनेछ । आगामी पाँच महिनामा जम्मा १ लाख ४४ हजार मेगावाट आवर बिजुली बंगलादेश निर्यात हुनेछ । जसवाट पाँच महिनामा १ अर्व २३ करोड रुपैयाँ बरावर नेपालमा आम्दानी गर्नेछ । यसैविच नेपाल र बंगलादेशविच उर्जा सम्वन्धी द्विपक्षीय उच्चस्तरीय संयन्त्र बैठक पनि साउन १४ र १५ गते पोखरामा हुने तय भएको सिंहले बताए । उनका अनुसार सहसचिव स्तरीय जोईन्ट वर्किङ ग्रुपको बैठक साउन १४ गते र सचिवस्तरीय जोईन्ट स्टिरिङ कमिटीको बैठक साउन १५ गते हुन तय भएको छ । 

उक्त द्विपक्षीय संयन्त्र बैठकमा ६८३ मेगावाट क्षमताको सुनकोशी ३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन लागि सँयुक्त उपक्रम बनाउने सम्वन्धी सम्झातौमा हस्ताक्षर हुनसक्ने पनि सिंहले बताए । ‘हामीले सम्झातौको मस्यौदा बंगलादेशलाई पठाईसकेका छौ । बैठक अघि उताबाट सहमति प्राप्त भए सम्झौतामा हस्ताक्षर हुनेछ । नत्र यसवारेमा थप छलफल मात्र हुनेछ ।’ 

अघि सरेका छन् । छिट्टै हुने भनिएको द्विपक्षीय संयन्त्रको बैठकमा यो आयोजना विकास गर्न संयुक्त उपक्रम बनाउने समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना रहेको ऊर्जा मन्त्रालयका अधिकारीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्