वायु सेवा निगमले तिर्यो ४३ करोड ९ लाख किस्ता
काठमाडौं,साउन २ । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको किस्ता बुझाएको छ ।
निगमले न्यारोवडी र बाइडबडी जहाज खरिद गर्दा दुई कोषबाट लिएको ऋणको गत असार महिनाको किस्ता बुझाएको हो ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबढी र दुई वाइडबडी जहाज खरिद गरेको थियो ।
ऋण दायित्वमध्ये दुई न्यारोबडीको किस्ता बापत पुरा र बाइडबडी जहाजको आंशिक ४३ करोड ९ लाख ५५ हजार १८१ रुपैयाँ बुझाएको हो ।
निगमले असारसम्मको अवधिमा भने ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता भुक्तानी गरेको छ ।