सहकारी छानबिन समितिको पूर्वसचिवहरूसँग छलफल



काठमाडौं,साउन १ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकट लगायत विभिन्न संरचनाहरुको सम्वन्धमा छलफल भएको हो । ती संचरचनाहरको कानुनी एवं व्यवहारिक अभ्यास र अनुभवाको सम्वन्धमा सकारी क्षेत्रका विज्ञका रुपमा छलफल गरिएको समितिका संयोजक सूर्य थापाले बताए ।

उनका अनुसार आवश्यक कागजात मागिएका निकायहरुसँग सम्पर्क व्यक्तिहरुसहित फलोअप गर्ने, देशभरी राम्रो संचालन भइरहेका सहकारीसँग प्रतिनिधिहरुसँगको प्रतिनिधिमूलक छलफल गर्ने निर्णय भएको छ।

यस्तै, विभिन्न निकायसँग क्रस डिस्कसन मिटिङ र सहकारी व्यवस्थापन गर्ने, लेखापरिक्षकहरुको अनुभवमा आधारित छलफल गर्ने निर्णय गरेको हो ।

सोमबारको छलफलमा पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मी सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्