नयाँ उचाईमा सुनको मूल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौं,साउन १। सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाएको छ । मंगलबार पनि छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो । साताको दोस्रो कारोबार दिन सुन १ लाख ४६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज तेजावी सुनको भाउ भने १ लाख ४७ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्