निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति वृद्धि ?



काठमाडौं,असार ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजै राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट सोमबार नयाँ मूल्य प्राप्त भएको निगमले जनाएको छ । नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ४८ पैसा र डिजेल २ रुपैयाँ ८३ पैसाले बढेर आएको हो ।

सोमबार बसेको निगम संचालक समितिले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टीतेल क्रमशः प्रतिलिटर ४ रुपैयाँ र ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्